सामाखुसी खोलाको स्वोरुप फेरिदै
काठमाडौं, माघ १४ गते
काठमाडौं महानगरपालिकाले सामाखुसी खोलाको स्वोरुप फेर्दै गइरहेको छ | केही समय अघि खोला मिचेर बनाइएका घर टहराहरु हटाउने काममा ब्यस्त महानगर टिम अहिले भने धमाधम ठुला ठुला ह्युम पाइपहरुको प्रयोग गर्दै सामाखुसी खोलाको दुबै पट्टी ह्युम पाइप राख्ने काम गर्दैछ |ढल बग्ने यो खोलामा अब ढल बग्ने छैन | आफ्नो घरमा महानगरको डोजर चल्दा रिसाएका स्थानिय अहिले ढल खुल्ला रुपमा नबगेको देख्दा खुशी भएको सुनाउँछन |
साइट क्लियरेन्सको काम सक्किएको केहि महिना भित्रै बालाजु देखी बसुन्धारा सम्मै यो काम गरी सक्ने ठेकेदारको भनाइ रहेको छ |
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ ००:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय