काठमाडौं महानगरमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

काठमाडौं, माघ १४ गते
काठमाडौं महानगरपालिकाले महानगरभित्रका ४६ हजार ९ सय ८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने जनाएको छ | १० बर्षदेखि १४ बर्षसम्मका कीशोरीहरुलाई एच. पि. भी. खोप लगाइने छ |
स्वास्थ्य विभागका अनुसार महानगरपालिकामा माघ २२ गते र माघ २५ गते गरेर दुई चरणमा अभियान सुरु हुनेछ । पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप सुरु हुनेछ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ २३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय