Ray 4U
काठमाडौंको  वार्षिक बजेट २५ अर्व

काठमाडौं , ११ असार 
काठमाडौँ महानगरपालिकाको अर्थिक बर्ष २०८१/८२ को  वार्षिक बजेट २५ अर्व ७० करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको छ काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०८१/८२ को बजेट काठमाडौ नगर सभामा प्रस्तुत गर्नु भएको थियो । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा १५ औँ अधिवेशनको तेस्रो वैठकमा आज उहाँले महानगरपालिकाका नीति तथा कार्यक्रमलाई साकार पार्न अनुमानित बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो । 
 
यस आर्थिक वर्षका लागि सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने १ अर्ब ४५ करोड सशर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड ४७ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँटबाट १ अर्व ९९ करोड २० लाख २५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ५५ करोड रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १० करोड ५० लाख रुपैयाँ, नेपाल सरकार समानीकरण अनुदानबाट ८० करोड रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट १० करोड रुपैयाँ, आन्तरिक जनसहभागिता ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ००:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update