काठमाडौं, माघ ११ गते
न्यू रोड काठमाडौ भित्रको महत्वपूर्ण व्यापारीक थालोको रुपमा चिनिदै आएको छ । पछिल्लो समय जुद्ध शालिक देखी इन्द्रचोक सम्मको शुक्रपथमा व्यापक सुधारहरू देख्न पाइन्छ । सुरुमा सडकमा गर्ने गरिएको अनअधिकृत पारकिङ हटाइएको थियो भने फुटपाथलाई वित्तार तथा सुधार गर्दै चिटिक्कै पारियों विद्धुतिय र अन्य केवलहरु भुमिगत भएपछि, यहाँको सुन्दरतान हेर्न लायक छ ।
अब भने राणाकालिन समयको रङ्रोगन पुनस्थापना गर्ने काम गरिदैछ । भित्ताहरू सेतो, झ्याल ढोका तथा शटरहकमा हरियो रङ लगाइदैछ । 24 नं. वडा कार्यालय, महानगरपालिका र स्थानीय घरधनी मिलेर न्यू रोडलाई व्यवस्थित पार्दै लैजाने सहमति भएको छ । फुटपाथ तथा यस अघीका सुधार महानगरको खर्चमा भएको छ भने वडाले आवश्यक स्थानहरुमा बेन्च राखेको छ भने स्थानिएले नगरको बिकासमा होस्टेमा हैसे गर्दै रङ्रोगनको जिम्मा लिदै छन । बिकास क्रममा ५०-६० वर्ष देखी राणाकालिन पुरानो स्वरुप हराउदै गएको न्यू रोड अब फेरी आफ्नो पुरानो स्वरुपमा फर्कदै छ ।