काठमाडौं , १० असार
काठमाडौं महानगरपलिका २७ असनमा रहेको एतिहासिक महत्वको बोकेको सम्पदा यिता चपा: भुकम्प गएको ९ बर्षमा निर्माण कार्य सुरु भएको छ | तिन बर्षामा निर्माण सक्ने गरि यो सम्पदाको निर्माण कार्य थालिएको छ | यो निर्माण कार्यको लागत २ करोड ४९ लाख ३७ हजार रहेको भनिएको छ |वडा नम्बर २७ को पहलमा यो एतिहसिक सम्पादाको पुनःनिर्माण हुँदैछ | यो भवनमा हरेक बर्ष विजया दशमीको दोश्रो दिन कुमारीलाई खाना खुवाउने परम्परा रहेको छ भने सोही दिन असन छेत्रमा अन्नपूर्णको जात्रा चल्ने गर्दछ |
यो सम्पदा काठमाडौंमा पुरानो समय देखी भारत र चिन बिचको ब्यापारिक केन्द्र थियो भन्ने प्रमाण पनि हो | नेपालको काठमाडौंले भरत र चाइना बाट आउने ब्यापारिहरुको समानहरुको आदान प्रदान गर्ने पोइन्टको काम गर्थ्यो | यो यिता चपा:मा ल्हासाबाट आउने ब्यापारिहरु आएको १० दिन सम्म बस्ने गर्थे | त्यो समयमा यो सम्पदालाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने गरेको स्थानियहरु बताउछन |