
काठमाडौं, माघ ९ गते
मलेसियामा जारी आइसिसी यु -१९ महिला टी -२० विश्वकपमा आज भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ | यो सँगै नेपालको सुपर सिक्स यात्रा सक्किएको छ | अब नेपालले शुक्रबार हुने प्लेअफ खेलमा समुह 'ए' को चौथो हुने टोलीसँग खेल्नेछ | नेपालको यो लगातार तेश्रो हार थियो | यसअघि नेपाल पहिलो खेलमा बाङ्लादेशसँग ५ विकेट र दोश्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो |
जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ५६ रनमा समेटिएको थियो | टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो | नेपालका लागि कप्तान पूजाले १८ रन बनाउनु भयो भने अष्ट्रेलियाका लागि काओइमहेले सर्वाधिक ४५ रन बनाउनु भएको थियो |
मलेसियामा जनवरी १८ देखी फेब्रुअरी २ सम्म आईसीसी यू -१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना भइरहेको छ |