डोनाल्ड ट्रम्प ४७ औँ अमेरिकी राष्ट्रपति

काठमाडौं, माघ ८ गते
अमेरिका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रुपमा पद तथा गोपनियता सपथ ग्रहण गर्नु भएको छ | प्रधान न्यायधिश जोन रोवर्टले उहाँलाई सपथ ग्रहण गराउनु भएको थियो |यो सँगै उहाँको ह्वइट हाउसमा दोश्रो कार्यकाल सुरु भएको छ | राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा उहाँले अमेरिका - मेक्सिको सिमामा राष्ट्रिय आपतकाल घोषणा गर्नु भएको थियो | भाषणमा उहाँले अमेरिकाको स्वणयुग सुरु भएको र अमेरिकालाई पहिलो स्थानमा राख्ने बताउनु भएको थियो |
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १५:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय