जय नेपाल कपमा नेपालको विजयी सुरुवात

काठमाडौं, माघ ७ गते
नेपाल विद्यार्थी संघको आयोजनामा किर्तिपुरको TU क्रीकेट मैदानमा जय नेपाल कप आजबाट सुरु भएको छ | आज भएको उद्घाटन खेलमा त्रिवीले बाबासाहेब भिम राव अम्बेडकर बिहार विश्वविध्यालयलाई ८ विकेटले हराएको छ | बिहारले दिएको १३५ रनको लक्ष्य त्रिविले १५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो | पहिलो ब्याटिङ गरेको विहार १७.३ ओभरमा १३४ रनमा अलआउट भएको थियो |
नेपाल विद्यार्थी संघको आयोजनामा किर्तिपुरको TU क्रीकेट मैदानमा जय नेपाल कप आजबाट सुरु भएको छ | खेल माघ ७ गतेदेखि १५ गते सम्म चल्नेछ | यस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ८ विश्वविद्यालयका टोलीहरुबिच प्रतिस्पर्धा हुँदैछ |
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय