काठमाडौं, १० असार
नेपालमा हेलिकोप्टर सेवा सुरु भएको करिब ६ दशक पछि हेलिकोप्टर सेवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुरको नलिञ्चोकमा सारिएको छ । भक्तपुरको नलिञ्चोकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३३ रोपनी जग्गा रहेको थियो |
यो हेलिपोर्टमा हाल ९ कम्पनीका १२ हेलिकोप्टरहरु ले सेवा दिरहेका छन नलिञ्चोकमा रहेको ३३ रोपनी जमिनमा २६ रोपनिमा हेलिपोर्ट बनेको छ भने ७ रोपनिमा हेलिकोप्टर कम्पनी हरुका लागि कार्यालय र प्रशासनिक भावन रहनेछ | यो हेलिपोर्ट बनाउन भ्याट सहित १३ करोड ५१ लाख ३४ हजार २९३ रुपैया ३३ पैसामा उमा एण्ड कम्पनी काली जे भि ले ठेक्का पाएको थियो |
यो हेलिपोर्टलाई मिनी एअरपोर्टको अवधारणामा बिकास गर्ने योजनामा काम हुँदैछ | यो हेलिपोर्टमा यात्राुहरुका लागि सानो टर्मिनल भवन, इन्धन डिपो ,अग्नी नियन्त्रण, ह्याङगर, सेवा प्रदायकहरुको कार्यालय, चमेना गृह लगायतका सुविधाहरु थपिने छन ।