Ray 4U
खो - खो विश्वकप : भारत विजेता नेपाल उपविजेतामै सिमित

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आज भएको फाइनल खेलमा नेपाल भारत सँग ७८-४० ले पराजित भएको छ | घरेलु टोली भारत अपराजित हुँदै च्याम्पियन बनेपछि नेपाल उपविजेता बेनेको हो |   

नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४ ले दोश्रो खेल जर्मनीलाई ७३-३४ ले तेश्रो खेल श्रीलंकालाई ११०-१० ले र चौथो खेल बंगलादेशलाई ७४-२४ ले पराजित गरेको थियो | नेपालले  क्वाटरफाइनलमा ईरानलाई १०३-८ अंकले र फाइनलमा युगाण्डालाई ८९ -१८ ले पराजित गरेको थियो |

त्यसैगरि नेपालको पुरुष टिम पनि खो खो विश्वकपमा उपविजेतामै सिमित भएको छ |इन्दिरा गान्धी स्पोर्टस कम्प्लेक्समा आज भएको फाइनलमा घरेलु टोली भारत सँग ५४-३६ स्कोरले पराजित भएको हो |   
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update