Ray 4U
काठमाडौंमा ‘चाइना फिल्म डे ’ आयोजना हुने

काठमाडौं पुस २१ गते

काठमाडौंमा ‘चाइना फिल्म डे ’ आयोजना हुने

ठमेलस्थित छाया कम्प्लेक्सको QFX मा पहिलो पटक  पुस २५ गते ‘चाइना फिल्म डे ’ आयोजना हुने भएको छ | नेपाल र चीनको सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउनका साथै दुई देश बिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ |

पूर्व अर्थमन्त्री तथा प्रतिनिधीसभाका सदस्य बर्षमान पुनको प्रमुख आतिथ्य रहने उक्त कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिष्ट पदाधिकारीहरुको सहभागीता रहने जनाइएको छ | यस कार्यक्रममा चर्चित कलाकार, निर्देशकसँगै दर्शकले पनि सहभागी हुन पाउनेछन |  
 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update