
काठमाडौं पुस २१ गते
क्यानले एसिसी यू -१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ | पूजा महतोको कप्तानीमा १५ सदस्यिय टोली घोषणा गरेको हो |
टोलीमा उपकप्तान सोनी पाखिनसँगै रिया शर्मा, स्नेहा महरा, रचना चौधरी, कुसुम गोदार, क्रिश्मा गुरुङ, साना प्रविन, सावित्रा धामी, ज्योत्सिन्का मरासिनी, एलिसा कुमारी यादव, अनु कडायत, सिमाना केसी , तृष्णा विक र किरण कुमारी कुँवर रहेका छन |
आगामी माघ ५ गतेदेखी यू -१९ विश्वकप प्रतियोगिता मलेसियामा आयोजना हुँदैछ | उक्त प्रतियोगितामा १६ टोली सहभागी हुँदैछन | नेपालले समुह चरणको पहिलो खेल माघ ५ गते (जनवरी १८) मा बंगलादेशसँग खेल्नेछ | दोश्रो खेल माघ ७ गते (जनवरी २०) मा स्कटल्यान्डसँग खेल्नेछ भने माघ ९ गते ( जनवरी २२) मा अस्ट्रेलियासँग खेल्नेछ |
मलेसियामा जनवरी १८ देखी फेब्रुअरी २ सम्म आईसीसी यू -१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ |