पुस २८ गते महानगरपालिकाले व्यवसायिक ज्ञान र क्षमता विकास तालिम दिने

काठमाडौं पुस २१ गते
काठमाडौं महानगरपालिकाले परम्परागत खाना बनाउन हातमा सिप भएकाहरुलाई व्यवसायिक ज्ञान र क्षमता विकास तालिम प्रदान गर्ने भएको छ | तालिम पुस २८ गते विहान ११ बजेदेखी दरबार हाइस्कुलमा दिईने जनाईएको छ | खानाका परिकारहरु बनाउने क्षमतालाई थप सुधार गरेर खाद्य सेवा सञ्चालान गर्न सक्ने बनाउन महानगरले खाद्य स्वच्छता : प्रवर्धन शिविर Food Safety Boot Camp आयोजना गर्न लागेको काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले बताउनु भएको छ | तालिममा सहभागी हुन चाहनेले महानगरको कृषि तथा पशुपंछी विभागमा सम्पर्क गरेर नाम टिपाउन भनिएको छ |
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय