राजधानी निर्माणको भौतिक प्रगति ६५ प्रतिशत

काठमाडौं, पुस १७ गते
लुम्बिनी प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ |अहिले पहिलो चरण अन्तर्गत मुख्यमन्त्रीको कार्यालयका साथै अन्य नौ वटा मन्त्रालयका भवनको निर्माण कार्य जारी रहेको छ | २०७७ साल असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले यहाँँ स्थाही राजधानी तोकेको थियो |२०७९ साल फागुन ३ गते भवन निर्माणको सिलन्यास गरिएको थियो भने २०८२ साल पुस १७ गते सम्म निर्माण गरिसक्नुपर्ने हुन्छ | यसको निमाणको जिम्मा शर्मा सगुन जेभी काठमाडौंले ३ अर्ब ९ करोड एक लाख २९ हजारमा पाएको छ |
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय