Ray 4U
भारतका पुर्वप्रधानमन्त्री सिंहको निधन

काठमाडौं, पुस १३ गते

भारतका पुर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ बर्षको उमेरमा  निधन भएको छ | बिहीवार साँझ बेहोस भएपछि उहाँलाई  एम्स अस्पातलमा भर्ना गरिएको थियो | अस्पातलले उहाँलाई राति ९ बजेर ५१ मिनेटमा मृत घोषणा गरेको थियो |

सन् १९३२ सेप्टेम्बेर २६ मा पंजाबमा  जन्मिनुभएका सिंहले सन् २००४ देखी २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रुपमा काम गर्नु भएको थियो | सिंहले  सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेबारी सुम्पिनु भएको थियो | उहाँले ३३ बर्ष सेवा गरेर यसै बर्षको सुरुमा अवकाश लिनुभएको थियो |           
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update