Ray 4U
यू -१९ महिला क्रिकेट टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु

काठमाडौं, पुस ११ गते

यू -१९ महिला क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट भरतपुर महानगरपालिका -१५ रामपुरमा सुरु भएको छ | आगामी माघ ५ गतेदेखी यू -१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ | त्यसैको तयारीमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण हुने जनाइएको छ |
बन्द प्रशिक्षणमा १८ जना खेलाडीहरु रहेका छन | यस प्रशिक्षणमा खेलाडीहरुले बलिङ, ब्याटिङ फिल्डिङ र फिटनेसको अभ्यास गर्नेछन | नेपालले समुह चरणको पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ | दोश्रो खेल जनवरी २० मा स्कटल्यान्डसँग खेल्नेछ भने जनवरी २२ मा अस्ट्रेलियासँग खेल्नेछ | मलेसियामा जनवरी १८ देखी फेब्रुअरी २ सम्म आईसीसी यू -१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ |              

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update