भुटान र नेपालको खेल बराबरीमा सक्कियो

काठमाडौं पुस ७ गते
यू -१९ महिला फुटबलमा आज भएको खेलमा भुटान र नेपालको खेल बराबरीमा सक्किएको छ |
त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भुटान र नेपालको खेल १ -१ को बराबरीमा सक्किएको हो | खेलको पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको थियो | दोश्रो हाफको सुरुवातमै सुशिला केसीले अग्रता दिलाएकी हुन् | ४७ औं मिनेटमा उनको गोल मार्फत नेपालले अग्रता लिएपनी त्यसलाई कायम भने राख्न सकेन | भुटानकी फुन्त्सो छोडेनले ८१ औँ मिनेटमा बराबरी गोल फर्काएकी थिन् |
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ २२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय