Ray 4U
जनकपुर बोल्ट्स बन्यो एनपीएलको च्याम्पियन

काठमाडौं,  पुस ६ गते

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्दै एनपीएलको विजेता टोली बनेको छ | जनकपुरलाई २ खेलमा हराएको सुदुरर्पश्चिमले फाइनलमा भने जनकपुर सँग हार खायो |             
टस जितेर पहिले  ब्याटिङ गरेको सुदुरपश्चिमले  २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो | जवाफी ब्याटिङमा जनकपुरले  निर्धारित १९.२   ओभरमा ५   विकेट गुमाउँदै पहिलो संस्करणको उपाधी उचालेको छ | 

जनकपुर बोल्ट्सले उपाधि जिते सँगै एक करोड १० लाख पुरस्कार जितेको छ | उपविजेता बनेको सुदुरपश्चिम रोयल्सले ५१ लाख पुरस्कार जितेको छ | कर्णाली याक्सले तेश्रो हुँदै २५ लाख र चितवन राइनोजले १५ लाख पुरस्कार जितेको छ | त्यसैगरि एनपीएलमा उत्कृष्ट खेलाडी चुनिएपछि  सुदुरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंहले ओमोडाको कार जितेका छन भने जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएर बाइक पाएका छन | 


 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update