नेपाल उपाधी होडबाटै बहिरियो

काठमाडौं पुस ५ गते
एसिसी यू -१९ महिला एसिया कपमा नेपाल उपाधी होडबाटै बहिरिएको छ | आज बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै प्रतियोगिताको सुपर ४ बाट बाहिरिएको हो | अब फाइनलमा बंगलादेश र भारत भिड्नेछन |
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो | जवाफी ब्याटिङ गरेको बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर ५८ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो | बर्षाका कारण खेल ११- ११ मा झारिएको थियो |
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय