Ray 4U
लुम्बिनिमा विद्युतीय बस नि :शुल्क सञ्चालान

काठमाडौं पुस ५ गते

लुम्बिनी बिकास कोषले दुईवटा विद्युतीय बसहरु  नि :शुल्क सञ्चालानमा ल्याएको छ | बुटवलदेखि भैरहवा एयरपोर्टहुँदै बुद्धको जन्म स्थाल लुम्बिनी सम्म र बेहलिया एयरपोर्टहुँदै लुम्बिनिको रुटमा बस सञ्चालान हुनेछ |
एसियाली बिकास बैंकको अनुदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय गाडी संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७९ जेठ १२ गते हस्तानतरण गरेको थियो |मन्त्रालयले हस्तानतरण गरेका गाडीहरुको नम्बर प्लेट सेतो रहेको र त्यो प्लेट हरियो बनाउन कानुनी उल्झनका कारण गाडीहरु सञ्चालानमा आएका थिएनन | दाताले दिएका गाडीहरु सञ्चालानमा नआएपछी सर्वर्त्र आलोचना भएपछी अब भने परिक्षण स्वरुप २ वटा बसहरु सञ्चालानमा आएका छन |         
आन्तरिक तथा वाह्य पर्यटकले यो सेवा लिन लिन सक्नेछन |   

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update