फाइनल भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच

काठमाडौं पुस ५ गते
कर्णाली याक्सलाई २ विकेटले हराउदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ | टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले नौ विकेट गुमाएर ११९ रनको लक्ष्य बनाएको थियो | जवाफी ब्याटिङमा जनकपुरले मात्र एक ओभर बाँकी रहँदा ८ विकेटको क्षतीमा खेलको नतिजा उल्ट्याएको थियो |
जनकपुरका लागि जेम्स निशानले सर्वाधिक ४५ रन बनाएका थिए भने कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिएका थिए |
अब फाइनल खेल सुदुरपश्चिम र जनकपुरबिच पुस ६ गते हुनेछ |
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय