जनकपुरलाई हराउँदै फाइनलमा पुग्यो सुदुरपश्चिम

काठमाडौं, पुस ३ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको दोश्रो खेलमा सुदुरपश्चिमले जनकपुरलाई ८ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ | पहिलो क्वालिफायरमा पराजित भएको जनकपुरले अब बिहीवार हुने दोश्रो क्वालिफायर खेलमा कर्णालीसँग भिड्ने छ | दोश्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा सुदुरर्पश्चिमसँग भिड्नेछ |
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो | जवाफी ब्याटिङमा सुदुरर्पश्चिमले निर्धारित १८.३ ओभरमा २ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो |
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय