Ray 4U
कर्णाली याक्स  दोश्रो  क्वालिफायरमा

काठमाडौं, पुस ३  गते 

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको  पहिलो  खेलमा  कर्णाली याक्सले  चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ |टस  हारेर ब्याटिङ गरेको कर्णालीले  २०  ओभरमा ६   विकेट गुमाएर एक सय ७४  रन बनाएको थियो | चितवन राइनोजले भने निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५४ रनमात्र बनाउन सक्यो |

आजको खेलमा पराजित भएको चितवन राइनोज उपाधिको होडबाट बाहिरिएको छ | कर्णालीले  अब जनकपुर र सुदुरपश्चिमा  बिचको पराजित टोली सँग खेल्नेछ | 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update