
काठमाडौं पुस २ गते
एसिसी यू -१९ महिला एसिया कपमा नेपाल सेमिफाइनलमा पुगेको छ | आज भारत सँगको खेलमा बर्षाका कारण खेल रद्ध हुन पुगेपछि अपराजित नेपाल शीर्षस्थानमा रहँदै सुपर फोरमा पुगेको छ |
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ८ विकेटको क्षतिमा ९४ रनको सामान्य योगफल बनाएको थियो | नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारी बर्षा भएपछि खेल रद्ध भएको थियो |
भारत र नेपाल दुबैको अहिले सम्म १- १ अंक रहेको छ | भारतसँग अंक बाँडेसँगै नेपाल समुह "बी " को शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ |
एसिया कपको समुह " ए " मा मलेसिया,श्रीलंका र बंगलादेश रहेका छन भने समुह " बि " मा नेपाल, भारत र पाकिस्तान छन | नेपालसँग ६ विकेटले हारेको पाकिस्तान भने खेलबाट बाहिरी सकेको छ |
अब पुस ४ गते बिहीवार नेपालले श्रीलंकासँग पहिलो खेल खेल्नेछ भने पुस ५ गते बंगलादेशसँग दोश्रो खेल खेल्नेछ |