क्यानले घोषणा गर्यो एनपीएलको पुरस्कार राशि

काठमाडौं पुस २ गते
क्यानले आज एक विज्ञप्ति जारी गर्दै एनपीएलको पुरस्कार राशि घोषणा गरेको छ | क्यानका अनुसार विजेता टोलिले एक करोड १० लाख पाउने भएको छ | त्यसैगरि उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहनेले २५ लाख र चौथो स्थानमा रहनेले १५ लाख पाउने भएका छन | प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने छन |
एनपीएलमा पुस ३ गते बुधबारदेखी प्ले अफका खेलहरु सुरु हुँदैछन | सुदूरपश्चिम, जनकपुर, कर्णाली र चितवन शीर्ष चारमा रहँदै प्ले अफमा पुगिसकेका छन |
अब पुस ३ गते ९ बजे चितवन र कर्णाली भिड्ने छन भने १ बजे सुदूरपश्चिम र जनकपुर भिड्नेछन |
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय