
काठमाडौं, पुस १ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले हराएको छ | यो जित सँगै सुदूरपश्चिमले एनपीएलको पहिलो क्वालिफायरमा १२ अंक सहित शीर्षस्थानमा ठाउँ बनाएको छ | त्यसैगरि १० अंक रहेको जनकपुर पनि क्वालिफायरमा स्थान बनाएको छ | दुबै क्वालिफायरमा पुगेका जनकपुर र सुदूरपश्चिम भिड्नेछन | क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्नेछ | जितका लागि एक सय २ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले १५.१ ओभरमा ४ विकेटको क्षतिमा एक सय ५ रन जोड्दै लक्ष्य पुरा गरेको थियो | टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय १ रन बनाएको थियो | दीपेन्द्रसिंह प्लेयर अफ द म्याच हुनुभयो |
लिग चरणका खेल सक्किए सँगै प्ले अफ समिकरण पूरा भएको छ | आज भएको खेलमा सुदूरपश्चिमसँग हारेपनि कर्णाली प्ले अफमा पुगेकोछ | काठमाडौं, लुम्बिनी, पोखरा, र विरटनगर प्ले अफको दौडबाट बाहिरी सकेका छन भने चितवन, सुदूरपश्चिम, जनकपुर र कर्णाली प्ले अफमा पुगेका छन | अब चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ |
अब पुस ३ गते ९ बजे चितवन र कर्णाली भिड्ने छन भने १ बजे सुदूरपश्चिम र जनकपुर भिड्नेछन |