
काठमाडौं, मङ्सिर ३० गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको पहिलो खेलमा काठमाडौंले बिराटनगरलाई १ विकेटले हराएको छ | यो सँगै काठमाडौं एनपीएलको प्ले अफ संघारमा उभिएको छ | जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पुरा गरेको थियो |ट्स हारेर ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो |
त्यसैगरी आज भएको दोश्रो खेलमा सुदूरपश्चिमले पोखरालाई ५ विकेटले पराजित गरेको छ |टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो | जितका लागि एक सय ५४ रनको लक्ष्य पाएको पोखराले १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटिएको थियो |
सुदूरपश्चिम शीर्षस्थानमा रहँदै एकखेल अघाडि नै एनपिएलको प्ले अफमा पुगेको छ | आजको जित सँगै सुदूरपश्चिमले ६ वटा खेलबाट १० अंक बनाएको छ |
जनकपुर र सुदूरपश्चिम प्ले अफमा पुगि सकेका छन भने कर्णाली, चितवन र काठमाडौं मध्य २ टिम प्ले अफमा जानेछन |
भोली ९ बजे काठमाडौं र कर्णाली बिच एउटा मात्र खेल हुनेछ |