
काठमाडौं, मङ्सिर २९ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ६ विकेटले हराएको छ | यो सँगै काठमाडौं प्ले अफ नजिक पुगेको छ | पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो | टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो |
त्यसैगरी आज भएको दोश्रो खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको छ |टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो | जितका लागि एक सय ८१ रनको लक्ष्य पाएको जनकपुरले १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटिएको थियो |आजको जितसँगै चितवनले ७ खेलबाट ८ अंक बनाएको छ | चितवनलाई प्ले अफ पुग्न अन्य टोलीको नतिजा पनि पर्खनु पर्ने हुन्छ |
जनकपुरका निसम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी पनि बनेका छन | उनले १८ बलमै अर्धशतक पुरा गरेका हुन् | यस भन्दा अघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह एरीले २३ बलमा अर्धशतक पुरा गरेका थिए |
जनकपुर १० अंक सहित पहिलो स्थानमा रहेको छ | सुदूरपश्चिम ८ अंक सहित दोश्रो स्थान, चितवन ८ अंक सहित तेश्रो स्थानमा, कर्णाली ८ अंक सहित चौथो स्थानमा, काठमाडौं ६ अंक सहित पाचौँ स्थानमा, विराट्नगर ४ अंक सहित छैठौ स्थानमा, पोखरा ४ अंक सहित सातौँ लुम्बिनी २ अंक सहित तालिकाको अन्तिममा रहेको छ |
भोली पहिलो खेल ९ बजे विराटनगर र काठमाडौं बिच हुनेछ भने दोश्रो खेल १ बजे सुदूरपश्चिमका र पोखरा बिच हुनेछ |