Ray 4U
विराटनगरसँग चितवन ५१ रनले पराजित 

काठमाडौं, मङ्सिर २८  गते


त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको दोश्रो खेलमा  विराटनगरसँग चितवन ५१ रनले पराजित  भएको  छ | विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो |   

टस जितेर  पहिले  ब्याटिङ गरेको विरटनगरले पाँच विकेटको क्षतिमा १८१ रनको फराकिलो स्कोर बनाएको थियो | ठुलो लक्ष्य पाएको चितवनका अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए भने बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन । लिगमा चितवनको यो दोश्रो हार हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update