Ray 4U

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/ २०८२ को लागि बजेट २०८१ साल जेठ १५ गते मंगलबारको दिन दिउँसो १ बजे प्रस्तुत गर्ने सुचित गरीएको  छ ।


अर्थमन्त्री बर्षमान पुनले संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्नेछन  ।


सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यहरुलाई जेठ १५ गते १२ः४५ बजे भन्दा अगाडि नै संसद भवनमा उपस्थित भइसक्न आग्रह गरेका छन ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update