
काठमाडौं, मङ्सिर २८ गते
वेष्टईण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा आईपुग्नु भएको छ | उहाँ आफ्नो छोरीसँग नेपाल आउनु भएको छ | नेपालमा ल्याण्ड भए लगत्तै उहाले नेपाल आउन पाउद आफ्नो पुराको सपना पुरा भएको प्रतिकृया दिनुभएको छ । वेस्ट इन्डिजको ट्रिनिडाडमा जन्मिएका लारा टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी हुन् | उहाँले सन् २००४ मा ईङ्ल्यान्ड बिरुद्ध नट आउट ४०० रन जोड्नु भएको थियो | ५५ बर्षका लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी एनपीएलको पहिलो संकरण हेर्न काठमाडौं आउनु भएको हो | उहाँ एनपीएलका केही खेलहरु हेर्नु हुनेछ भने खेलाडीहरुसँग साक्षात्कार पनि गर्ने क्यानले जनाएको छ |
लाराले वेष्टईण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेल्नु भएको छ | | उहाँले सन् २००७ मा क्रिकेटबाट सन्यास लिनुभएको थियो | विश्व प्रख्यात क्रिकेटरका रुपमा चिनिने ब्रायनले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९ सय ५३ रन बनाएका छन |