Ray 4U
कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो

काठमाडौं, मङ्सिर २८  गते 

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको छ | जित सँगै कर्णालीले प्ले अफको सम्भावना बलियो बनाएको छ भने लुम्बिनी प्ले अफको दौडबाट बाहिरिएको छ |   

टस हारेर पहिले  ब्याटिङ गरेको कर्णालीले    निर्धारित २० ओभरमा ८  विकेटको क्षतिमा एक सय २८   रन बनाएको थियो | कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनिले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो |   

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update