
काठमाडौं, मङ्सिर २७ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको पहिलो खेलमा विराटनगर पोखरासँग १३ रनले पराजित भएको छ | यो सँगै विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ भने जित सँगै पोखराले प्ले अफ पुग्ने आशा जगाएको छ | पाँचौँ खेलमा दोश्रो जित निकालेको पोखराको चार अंक पुगेको छ भने समान खेलमा चौथो हार खेपेको विराट्नगरको दुई अंक रहेको छ |
टस जितेर पहिले ब्याटिङ गरेको विराट्नगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो | जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो | यो जारी एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेल हो |
त्यसैगरी आज भएको दोश्रो खेलमा जनकपुरले काठमाडौंलाई ५ विकेटले हराएको छ | यो सँगै जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको छ भने प्ले अफ पुग्ने पहिलो टोली बनेको छ | जित सँगै सबै खेलबाट १० अंक बनाएको जनकपुर तालिकाको शीर्ष स्थानमा पुगेको छ |
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरका सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो | जितका लागि एक सय २ रनको लक्ष्य पाएको जनकपुरले निर्धारित १५.५ ओभरमा ५ विकेटको क्षतिमा एक सय ४ रन जोड्दै लक्ष्य भेट्टाएको थियो | अब लिगको अन्तिम दिन शनिवार जनकपुरले चितवन सँग खेल्नेछ |
जनकपुर १० अंक सहित पहिलो स्थानमा पुगेको छ | सुदूरपश्चिम ८ अंक सहित दोश्रो स्थान, चितवन ६ अंक सहित तेश्रो स्थानमा, कर्णाली ६ अंक सहित चौथो स्थानमा, काठमाडौं ४ अंक सहित पाचौँ स्थानमा, पोखरा ४ अंक सहित छैठौ स्थानमा, लुम्बिनी २ अंक सहित सातौँ स्थानमा,बिराटनगर २ अंक सहित तालिकाको अन्तिममा रहेको छ |
भोली पहिलो खेल ९ बजे लुम्बिनी र कर्णाली बिच हुनेछ भने दोश्रो खेल १ बजे बिराटनगर र चितवन बिच हुनेछ |