
काठमाडौं, मङ्सिर २६ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग १८ रनले पराजित भएको छ | यो सँगै लुम्बिनी एनपीएलबाट बाहिरिएको छ | हार सँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अघि नै सक्किएको छ भने जित सँगै काठमाडौंको प्ले अफ पुग्ने सम्भावना बढेको छ |
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो | ६ वटा खेलमा पाँचौँ हार खेपेको लुम्बिनी दुई अंक जोडदै बहिरिएको छ भने काठमाडौंको यो दोश्रो जित हो |लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ |
जनकपुरलाई पछि पर्दै सुदूरपश्चिम पहिलो स्थान मा आएको छ | सुदूरपश्चिम ८ अंक सहित पहिलो स्थान, जनकपुर ८ अंक सहित दोश्रो स्थानमा, चितवन ६ अंक सहित तेस्रो स्थानमा, कर्णाली ६ अंक सहित चौथो स्थानमा, काठमाडौं ४ अंक सहित पाचौँ स्थानमा, लुम्बिनी २ अंक सहित छैठौ स्थानमा,पोखरा २ अंक सहित सातौँ स्थानमा रहेको छ भने बिराटनगर २ अंक सहित तालिकाको अन्तिममा रहेको छ |
भोली पहिलो खेल ९ बजे पोखरा र बिराटनगर बिच हुनेछ भने दोश्रो खेल १ बजे काठमाडौं र जनकपुर बिच हुनेछ |