Ray 4U
सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गर्‍यो

काठमाडौं, मङ्सिर २६  गते

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको  खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको छ एनपीएलमा जनकपुरको आज पहिलो हार हो | अंकका हिसाबले अब सुदूरपश्चिम र  जनकपुरको आठ आठ अंक बनेको छ |   

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभर सबै विकेट गुमाउँदै ५१ रनमा समेटिएको थियो | जनकपुरले बनाएको यो जारी एनपीएलकै सबैभन्दा कम रन हो |   टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २३ रनको लक्ष्य बनाएको थियो | आजको जित सगै सुदूरपश्चिम पहिलो स्थानमा उक्लिएको छ भने जनकपुर दोश्रो स्थानमा झरेको छ | 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update