महान क्रिकेटर ब्रायन लारा नेपाल आउँदै

काठमाडौं मङ्सिर २५ गते
वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन | नेपाल प्रिमियर लिग एनपीएलको अवसरमा लारा नेपाल आउन लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिनु भएको छ | ५५ बर्षिय लाराले सन् २००७ मा क्रिकेटबाट सन्यास लिएका थिए | विश्व प्रख्यात क्रिकेटरका रुपमा चिनिने ब्रायनले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९ सय ५३ रन बनाएका छन |
वेस्ट इन्डिजको ट्रिनिडाडमा जन्मिएका लारा टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी हुन् |
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय