
काठमाडौं, मङ्सिर २५ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको छ | आजको जित सँगै कर्णालीले पाँच खेलबाट ६ अंक बनाएको छ |
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो | टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो |
अहिले सम्म चारवटै खेल जितेको जनकपुर आठ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको छ, सुदूरपश्चिम ६ अंक सहित दोश्रो स्थानमा, चितवन ६ अंक सहित तेस्रो स्थानमा, कर्णाली ६ अंक सहित चौथो स्थानमा, लुम्बिनी २ अंक सहित पाचौँ स्थानमा, काठमाडौं २ अंक सहित छैठौ स्थानमा,पोखरा २ अंक सहित सातौँ स्थानमा रहेको छ भने बिराटनगर तालिकाको अन्तिममा रहेको छ |
भोली पहिलो खेल ९ बजे सुदूरपश्चिम र जनकपुर बिच हुनेछ भने दोश्रो खेल १ बजे काठमाडौं र लुम्बिनी बिच हुनेछ |