Ray 4U
महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान

काठमाडौं, मङ्सिर २३ गते

काठमाडौं  महानगरपालिकाले  वायु गुणस्तर निगरानी उपकरण जडान कार्य सुरु गरेको छ | उपमेयर सुनिता डङ्गोलले आज एक कार्यक्रमका बिच महागरपालिकाको मुख्य कार्यालयमा सो कार्यक्रमको औपचारिक कर्यक्रमको उद्घाटन गर्नु भएको थियो  | महानगरले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ पहलको सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ |     यो कार्यले सुचित नितीहरु बनाउनका साथै स्वस्थ वातावरण सुनिस्चित गर्न मद्दत पुग्ने उपमेयरको भनाई रहेको छ |

महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस ’वायु गुणस्तर सेन्सर स्थापना गर्दैछ | यो प्रविधिले वायूमा रहेको पीएम २/५ को वास्तविक समयको डाटा प्रदान गर्नेछ | यो भनेको वायुमण्डलमा पाइने साना साना धुलोका कणहरु हुन जस्ले गर्दा फोक्सो र रक्तप्रवहमा गहिरो असर गर्ने सक्दछन | यसका साथै महानगरले अब छिट्टै सवारीसाधन प्रदूषण जाँच गरिने पनि जनाएको छ |

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update