१ अषाढ, काठमाडौ । महत्वपूर्ण म्याचमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । आज नेपालले T20 क्रीकेट वोल्ड कपमा दक्षिण अफ्रिकाको सामना गर्दैछ । नेपाली सिनिएर टिमले पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यो खेल सेन्ट भिन्सेन्टमा हुँदैछ । बाङ्लादेश र नेदर्ल्यान्डसको खेल अघी यो ग्रोउण्डमा १० वर्ष अघी मात्र प्रतियोगिता भएको थियो । पछील्लो खेल हेर्दा यो ग्राउण्ड स्पिन फ्रेन्डली छ । तुलानात्मक रुपमा अमेरिकी मैदानमा भन्दा बढी रन बनेको पनि देखियो ।
सन्दिप लामिछानेले हिजो टिम सँगै अभ्यास गरेका थिए । अमेरिकी दुतावासले सन्दीपलाई भिसा नदिएपछि उनले विश्वकपका सुरुवाती खेल गुमाएका थिए । सेन्ट भिन्सेन्टमा हुने नेपालका २ खेलमा भने उनी टिम सँग रहनेछन । नेपालका कप्तान रोहित कुमार पौडेलले सन्दिप लामिछानेको आगमनले टिम थप मजबुत भएको बाताए ।
नेपाल सुपर ८ पुग्नका लागि अन्तिम दुई खेल जित्नैपर्ने अवस्थामा रहेको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासग अंक बाँड्न पुग्यो । नेपालले अहिले सम्म कुनै पनि test Nation लाई हराउन सकेको छैन, आज नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर छ । यो समूहबाट छ अंकसहित दक्षिण अफ्रिका सुपर ८ मा पुगिसकेको छ । बंगलादेशको चार अंक छ । नेदरल्याण्ड्स दुई अंक तथा नेपालको एक अंक छ । एक अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।
आज सन्दिप लामिछानेले कम्तीमा २ विकेट लिएमा T20I क्रीकेटमा fastest 100 wicket को वोल्ड रेकोर्ड बराबरी गर्नेछन । उनले त्यसो गरेमा अफगानिस्तानका राशिद खानको वोल्ड रेकोर्ड बराबरी गर्नेछन, औसत राम्रो भएकाले वोल्ड रेकोर्ड देखाउदा सन्दिपको नाम टपमा देहिने छ । सन्दिप लामिछाने ODI क्रीकेटमा fastest 100 wicket को वोल्ड रेकोर्ड धारी क्रीकेटर हुन ।