जनकपुरले लुम्बिनिलाई १ रनले पराजित गर्यो

काठमाडौं, मङ्सिर २३ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा जनकपुरले लुम्बिनिलाई १ रनले पराजित गरेको छ | यो सगैँ जनकपुरको जितको यात्रा कायमै रहेको छ | टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले नौ विकेटको क्षतिमा १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो |
अहिले सम्म चारवटै खेल जितेको जनकपुर आठ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको छ, सुदूरपश्चिम ६ अंक सहित दोश्रो स्थानमा, चितवन ४ अंक सहित तेस्रो स्थानमा, कर्णाली ४ अंक सहित चौथो स्थानमा, पोखरा २ अंक सहित पाचौँ स्थानमा, काठमाडौं २ अंक सहित छैठौ स्थानमा,बिराटनगर २ अंक सहित सातौँ स्थानमा रहेको छ भने लुम्बिनी तालिकाको अन्तिममा रहेको छ |
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय