लुम्बिनी सुदुरपश्चिमसँग ४५ रनले पराजित

काठमाडौं, मङ्सिर २२ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा लुम्बिनी सुदुरपश्चिम सँग ४५ रनले पराजित भएको छ |सुदुरपश्चिमको यो तेश्रो जित हो भने लुम्बिनीको यो तेश्रो हार हो | तेश्रो जित सँगै सुदुरपश्चिमले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ |
जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो |टस हारेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो |
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय