२०८१ साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र
काठमाडौँ, ३१ जेष्ठ ||
यही जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्रको प्रयोग बढाउने निर्णय गरेको थियो ।बैठकअनुसार साउनको पहिलो साता देखी प्यानकार्ड , सवारी चालक प्यानकार्ड र मतदाता परिचयपत्रको सट्टा परिचयपत्र प्रयोग गर्दा हुने व्यवस्था गरेको छ । त्यसैगरी स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता साथै पेन्सन लिन पनि परिचयपत्र अनिवार्य गरिनेछ । यी काममा भने नम्बरमात्रै भए पनि पुग्नेछ ।त्यसैगरी विमानस्थल, बैंक र अन्य क्षेत्रमा पनि नागरिकताको साटो राष्ट्रिय परिचयपत्रले नै काम चल्नेगरी व्यवस्था गर्ने तयारी विवागले गरिरहेको छ | सुरुवाती चराणमा भने लाइसेन्स, सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बीमामार्फत गर्ने तयारी गरी रहेको छ |
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ २३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय