Ray 4U
कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हरायो

काठमाडौं, मङ्सिर २1 गते

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ  | 

चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो  | टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो |  

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update