Ray 4U
सुदुरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले हरायो

काठमाडौं, मङ्सिर २० गते

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा सुदुर पश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले   पराजित गरेको छ | सुदुरपश्चिम रोयल्सको  यो दोश्रो  जित हो भने  काठमाडौं गोर्खाजको  यो दोस्रो हार हो | 

जितका लागि एक सय ६८  रनको लक्ष्य पछ्याएको काठमाडौंले  १५.५   ओभरमा सबै    विकेटको  क्षतिमा ९४ रन बनाएको थियो | टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपस्चिमले   निर्धारित २० ओभरमा ६    विकेटको क्षतिमा एक सय ६७   रन बनाएको थियो | 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update