दमक भ्यू टावर निर्माण सम्पन्न

काठमाडौं, मङ्सिर २० गते
झापाको दमक वडा नं ३ मा दमक भ्यू टावरको निर्माण सम्पन्न भएको छ | एक सय मिटर अग्लो रहेको यो टावर १८ औँ तलाको रहेको छ | यो टावरको निर्माण एक अर्ब ४५ करोडमा चिनिया कम्पनी जेडसिजी आईआईसी र आशिष ओम साईरामले गरेका हुन | यहाँ ४० वटा चार पाङ्रे र दुई सय वटा दुई पाङ्रे अटाउने पार्किङ रहेको जनाईएको छ |
यो टावको शिलन्यास प्रधानमन्त्री के पि शर्मा ओलीले २०७६ साल असार २७ गते गर्नु भएको थियो |
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ २२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय