जनकपुरको लगातार तेस्रो जित

काठमाडौं, मङ्सिर २० गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको छ | जनकपुर बोल्ट्सको यो तेस्रो जित हो भने पोखरा एभेन्जर्सको यो दोस्रो हार हो |
जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाउदै पुरा गरेको थियो | टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो |
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय