काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई तिन विकेटले हरायो

काठमाडौं, मङ्सिर १९ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई तिन विकेटले हराएको छ | लिगमा दुई खेल खेली सकेको कर्णालीको यो दोश्रो हार हो भने खेलमा काठमाडौंको यो पहिलो जित हो |
जितका लागि एक सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.३ ओभरमा सात बिकेटको क्षतिमा एक सय ५३ रन जोडदै लक्ष्य पुरा गरेको थियो | टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो |
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ २२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय