चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो

काठमाडौं, मङ्सिर १८ गते
त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ | जितका लागि एक सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भएको थियो | टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो |
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ २२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय