जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले हरायो

काठमाडौं, मङ्सिर १७ गते
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले हराएको छ | यस अघि पनि जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई आठ विकेटले हराएको थियो | जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ .१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो |
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय