त्रिवीका विद्यार्थीलाई टिकेटमा ५० प्रतिशत छुट

काठमाडौं, मङ्सिर १४ गते
भोली देखी त्रिवी मैदानमा हुने एनपीएलमा त्रिवीका विद्यार्थीलाई टिकेटमा ५० प्रतिशत छुट पाइने भएको छ | क्यानले आज एक विज्ञप्ति जारी गर्दै छुट बारे जानकारी दिएको हो |
लिग चरणका खेलहरुमा जनरल टिकेटको मुल्य तीन सय रहेको छ भने भिआईपीको पाँच सय रहेको छ | त्यसैगरी प्लेअफमा जनरलको पाँच सय रहेको छ भने भिआईपीको सात सय रहेको छ | फाईनल दिनमा जनरल टिकेटको पाँच सय र भिआईपी को एक हजार रहेको छ |
भोली हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्टस खेल्दै छन |
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ २३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय